प्रतिकात्मक तस्वीर

देश/प्रदेश

लमजुङमा तीन दिन दैनिक ९ घण्टा विद्युत आपूर्ति बन्द

By खबरहब

April 24, 2022

लमजुङ – लमजुङमा तीन दिन विद्युत आपूर्ति बन्द हुने भएको छ । आज आइतबारबाट मंगलबारसम्म हरेक दिन बिहान ७ बजेबाट अपराह्न ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले जनाएको छ ।

वैशाख ११ गते आइतबारबाट १३ गते मंगलबारसम्म बिहान ७ बजेबाट बेलुका ४ बजेसम्म ११ केभी बेंसीशहर फिडर सटडाउन गर्ने केन्द्र प्रमुख यमकुमारी गुरुङले बताइन् ।

उनका अनुसार बेंसीशहर फिडरबाट विद्युत वितरण हुँदै आएको बेसीशहर नगरपालिका, मर्स्याङदी गाउँपालिका र क्व्होलासोंथर गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने छ ।

बेसीशहर नगरपालिका १ दलालस्थित २२० केभी प्रसारण लाइन आयोजनाको तार तान्ने कार्य गर्नुपर्ने भएको र उक्त लाइनमा बेसीशहर फिडर क्रसिङ पर्ने भएकाले लाइन काटिने भएको हो ।