तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

इमरान खानले हेलिकोप्टर सवारीमा ५५ करोड खर्च गरेको खुलासा

By खबरहब

April 24, 2022

काठमाडौं– पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले हेलिकोप्टर सवारीमा मात्रै ५५ करोड पाकिस्तानी रुपैयाँ खर्च गरेको खुलासा भएको छ ।

पाकिस्तानका अर्थमन्त्री मिफ्ता इस्माइलले यसको खुलासा गरेका हुन् । सत्तामा रहँदा उनले कार्यालयबाट बानी गालास्थित आफ्नो  घरसम्म जानका लागि उनले हेलिकोप्टर प्रयोग गर्दै आएको बताइएको छ ।

शमा टेलिभिजनलाई दिएको अन्तर्वार्तामा अर्थमन्त्री इस्माइलले बताएअनुसार हेलिकोप्टरको इन्धनमा पैसा खर्च गरिएको थियो ।

यसअघि सरकारमा रहँदा पनि इमरान खानले हेलिकोप्टर प्रयोग गर्ने गरेको आरोप लाग्दै आएको थियो । यद्यपि तत्कालीन अर्थमन्त्री फवाद चौधरीले उनको हेलिकोप्टर सवारी खर्च केबल ५५ पाकिस्तानी रुपैयाँ पर्ने भन्दै बचाउ गरेका थिए ।