सांकेतिक तस्बिर

देश/प्रदेश

दोलखामा टिपरको ठक्करबाट एक वृद्धको मृत्यु 

By खबरहब

May 24, 2022

दोलखा- दोलखाको गौरीशंकर गाउँपालिका–७ खानिगाउँमा हिजो साँझ टिपरको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लाल बहादुर बिक रहेका छन् ।

गुरुम्फिबाट खानिगाउँतर्फ जाँदै गरेको बा ५ ख ३११७ नम्बरको टिपरले पैदलयात्री वृद्धलाई हिजो साँझ ५ बजे ठक्कर दिएको थियो ।

टिपर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौरीशंकरले जनाएको छ ।