मनोरञ्जन

मिसन इम्पोसिबलको नयाँ सिरिज दुई भागमा आउने (टिजर) 

By खबरहब

May 24, 2022

काठमाडौँ– टम क्रुजले विश्वलाई खतराबाट बचाउन गर्ने संघर्षको कथा हेर्ने शृंखला अझै बाँकी छन् । 

जासुसी कथामा टम क्रुजलाई मुख्य भूमिकामा लिएर निर्माण हुँदै आएको मिसन इम्बोसिबलको नयाँ सिरिज ‘डेड रेकोनिङ’ को अफिसियल टिजर ट्रेलर रिलिज भएको छ । निर्माण कम्पनी प्यारामाउन्ट पिक्चर्सले फिल्मको टिजर सार्वजनिक गर्दै रिलिज कन्फर्म गरेको हो । 

फिल्ममा टमले इथन हन्टको भूमिका निर्वाह गर्दै आएका छन् । छायांकनदेखि नै उनले पहाडमा मोटरसाइकल गुडाएको दृश्य चर्चामा छ । प्यारामाउन्टले दुई शृंखलाको एक साथ सुटिङ सकाएको थियो । त्योमध्ये ‘डेड रेकोनिङ’ को पहिलो भागको टिजर सार्वजनिक गरिएको हो । यसलाई सन् २०२३ मा रिलिज गर्ने तयारी निर्माण कम्पनीले गरेको छ ।  यो फिल्म सन् २०२३ को जुलाई १४ मा प्रदर्शन गर्ने घोषणा गरेका छन् । निर्देशन क्रिस्टोफर म्याक्वेरीले गरिरहेका छन् । यसअघि, उनले ‘मिसन स् इम्पोसिबल रोग नेसन’ र ‘फलआउट’ निर्देशन गरिसकेका छन् । 

फिल्ममा टम क्रुजको साथमा हेनरी केविल, साइमन पेग, रेबेका फग्र्युसन, विंग रेम्स, शन हेरिस, वेस बेटले तथा फ्रेजरिक शमिटको अभिनय देख्न सकिन्छ।