तस्वीर- द क्यानेडियन प्रेस

अन्तर्राष्ट्रिय

आँधीबाट क्यानाडामा १० जनाको मृत्यु

By रासस

May 24, 2022

काठमाडौं- क्यानाडामा आँधीबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ । क्यानाडाको ओन्टारियो र कबेकमा आँधी आएको बताइएको छ ।

सो आँधीबाट १० जनाको ज्यान गएको क्यानाडाका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रति घन्टा १२० किलोमिटरको गतिमा आँधी आएको थियो । आँधीमा परेर भौतिक संरचनाहरू पनि भत्किएका छन् ।

अधिकारीहरुले दिएको जानकारीअनुसार आँधीमा परेर दशौँ हजार मानिसहरुको घरमा विद्युत आपूर्ति बन्द भएको छ । क्यानाडामा सबैभन्दा धेरै जनसंख्या भएको शहर मानिने ओन्टारियोमा आँधीले रुखहरु ढालेको छ भने विद्युत आपूर्तिमा पनि क्षति पुर्‍याएको बताइएको छ ।

ओन्टारियोमा विद्युत आपूर्ति बन्द हुँदा शहरका ३ लाख ८० हजार मानिसहरु अँध्यारोमा बस्न बाध्य छन् । आँधीका कारण जनजीवन नराम्ररी प्रभावित भएको बताइएको छ । त्यहाँ सन् १९९८ पछि यो पहिलो पटक आँधीले यति ठूलो असर पारेको बताइएको छ ।