मनोरञ्जन

थोरः लभ एण्ड थन्डर’ को ट्रेलर सार्वजनिक

By खबरहब

May 24, 2022

काठमाडौँ– मार्भल स्टुडियोको नयाँ फिल्म  ‘थोरः लभ एण्ड थन्डर’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

फिल्ममा क्रिस हेम्सवर्थले थोरको भूमिका निर्वाह गरिरहेका छन् । ट्रेलरमा क्रिस्टिन बेललाई डरलाग्दो खलपात्र र गोरलाई गड बुचर चरित्रको रुपमा प्रस्तुत गरिएको छ । कोरोना भाइरसको महामारीको समयमा वेब सिरिज मार्फत आफ्नो सिनेम्याटिक युनिभर्सको कथालाई अगाडि बढाइरहेको मार्भलले अहिले रोकिएका फिल्महरू धमाधम रिलिज गर्दैछ ।

सानो पर्दामा हालै मुननाइटलाई नयाँ हिरोको रुपमा परिचित गराएको मार्भलले आफ्नो सिनेम्याटिक युनिभर्सबाट केही समय बिदा लिएकी हलिउड अभिनेत्री नाटाली पोर्टम्यान नयाँ थोर पात्रमार्फत पुनरागमन गराएको छ ।

नयाँ सिरिज ‘थोरः लभ एण्ड थन्डर’ मा पोर्टम्यानलाई नयाँ थोर पात्रको रुपमा देख्न पाइन्छ । अघिल्लो ‘थोरः राग्नारोक’ बाट राम्रो प्रतिक्रिया बटुलेका टाइका कमिटी निर्देशित फिल्म ‘थोर’ को यो चौथो शृंखला हो । फिल्मको कथा एभेन्जर्स : एण्ड गेमको कथाबाट सुरु हुन्छ । जहाँ थोर (क्रिस हेम्सवर्थ) आफ्नो संसार असगार्ड समाप्त भएपनि गार्जियन अफ दी ग्यालेक्सीसँगै पृथ्वीमा बस्दै आएका छन् । 

अभिनेता हेम्सवर्थ उक्त समूहको सदस्यको रुपमा फिचर्ड छन्, जहाँ पोम क्लेमेन्टिफ, डेभ बौटिस्टा, करेन गिलन, ब्राड्ली कुपर र भीन डिजेल समेत प्रमुख भूमिकामा देखिनेछन् ।