बलिउड/हलिउड

सिद्धार्थ र कियारा बीच ‘प्याच-अप’

By खबरहब

May 24, 2022

काठमाडौँ– बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको ब्रेकअप भएको खबरले केही समय अगाडि मिडियामा राम्रो स्थान पायो । विवाहकै चर्चाको बीचमा आएको ब्रेकअपको खबर दर्शकका लागि अकल्पनीय थियो । ‘शेरशाह’ मा अभिनय गरेपछि आफ्नो प्रेम र सामिप्यतालाई झनै बढाएका सिद्धार्थ र कियारा सम्बन्ध लामो समयसम्म भने टिकेन । 

भारतीय सञ्चार माध्यम इटाइम्सको रिपोर्ट अनुसार उनीहरूको प्याचअप भइसकेको छ । ‘सिद्धार्थ र कियारा एकअर्कालाई निकै माया गर्छन । उनीहरुले हालै त्यो महसुस गरे । आफ्नो गल्ती बुझे र एक अर्का बिना रहन नसक्ने जाने । उनीहरु बीच सम्बन्ध सुमधुर भएको भूल भुलैया २ को प्रिमियरमा देख्न सकिन्थ्यो’ एक सदस्यले इटाइम्ससंग भनेका छन् । 

सिद्धार्थ र कियाराको इन्डिङ निकै राम्रो भएकाले पनि उनीहरु अलग रहन नसकेका हुन् । उनीहरूको बीचमा के भयो जसका कारण उनीहरूले अलग हुने निर्णय गरे भन्ने बारे कसैलाई थाहा नभएको समेत इटाइम्सको रिपोर्टमा उल्लेख छ । यी दुईको वर्क लाइफको कुराकानी गर्ने हो भने सिद्धार्थ ‘मिसन मजनु’, ‘योधा’ र ‘थ्याङ्क गड’ जस्ता फिल्मसँगै ‘इन्डियन पुलिस फोर्स’ नामक वेब सिरिजमा व्यस्त छन् । 

साथै, कियारा अभिनीत फिल्म ‘जुग जुग जियो’ रिलिजको तयारीमा छ ।