ब्रेकिङ स्टोरी

शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

By खबरहब

May 24, 2022

काठमाडौँ– काठमाडौँको चावहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । 

विद्यार्थीहरूले घटनाको निष्पक्ष छानविनका साथै दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै गौशाला प्रहरी कार्यालय अगाडि धर्ना दिँदै प्रदर्शन गरेका हुन् ।

कलेजमा सामाजिक विषय पढाउने शिक्षक जनार्दन अधिकारीले केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई दुर्व्यवहार गरेको आरोप विद्यार्थीहरूले लगाएका छन् । यस विषयमा पटक–पटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर प्रदर्शन गर्नुपरेको विद्यार्थीहरूको भनाई छ ।  

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।