तस्वीर- एपी

अन्तर्राष्ट्रिय

‘युक्रेन संकट विश्वव्यापी विषय हो’ : बाइडेन

By खबरहब

May 24, 2022

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा जारी संकट विश्वव्यापी विषय भएको बताएका छन् । जापानको राजधानी टोकियोमा जारी चार मुलुकको सुरक्षा समूह ‘क्वाड’ को बैठकमा बोल्दै राष्ट्रपति बाइडेनले युक्रेनमा जारी संकट विश्वव्यापी विषय भएको बताएका हुन् ।

उनले यस संकटले अन्तर्राष्ट्रिय व्यवस्था, भौगोलिक अखण्डता र सार्वभौमिकतालाई कायम राख्नुको महत्व बढाएको समेत टिप्पणी गरे ।

‘यो युरोपेली विषयभन्दा ठूलो हो । यो विश्वव्यापी विषय हो ।’ अमेरिका, जापान, अष्ट्रेलिया र भारत सम्मिलित क्वाडको बैठकमा बाइडेनले भने ।

बाइडेनले अमेरिका हिन्द प्रशान्त क्षेत्रमा रहेका साझेदारहरूको साथमै रहनेमा जोड दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । यसका साथै उनले खुला हिन्द प्रशान्त क्षेत्रको महत्वबारे पनि जानकारी दिएको जनाइएको छ ।

‘अन्तर्राष्ट्रिय कानून र मानव अधिकार विश्वको जुन सुकै ठाउँमा उल्लङ्घन भएपनि हामीले रक्षा गर्नुपर्छ ।’ बाइडेनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।