मनोरञ्जन

असार १० मा ‘घनचक्कर’ (ट्रेलर) 

By खबरहब

May 24, 2022

काठमाडौँ–आउँदो महिना असारको १० गतेलाई प्रदर्शन तय गर्दै फिल्म ‘घनचक्कर’ को ट्रेलर रिलिज भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमकाबीच निर्माण टिमले ट्रेलर रिलिज गरेको हो । ट्रेलरमा प्रेम र पैसाको लागि युवाहरुबीचको ‘घनचक्कर’ लाई प्राथमिकता दिइएको छ । अभिनेता सौगात मल्ल, सलोन बस्नेत, जेबी डिसी, सरोज खनाल, आशान्त शर्मा, ममता प्रधान, शिशिर भण्डारी लगायत समेटिएका छन् ।

ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित अभिनेता सौगात मल्लले फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिने बताए । ‘फिल्म राम्रो र रमाइलो बनेको छ । मैले निर्वाह गरेको अन्य फिल्म भन्दा यो फरक छ’ सौगातले भने । अर्का अभिनेता जेबी डिसीले पनि फिल्मले दर्शकलाई निराश नबनाउने बताए । ‘फिल्मले उपत्यकाको कथा भन्छ । यहाँ रमाइलो शैलीमा केही सन्देश पनि दिएका छौँ’ उनले भने ।

अर्जुन सिंहको कथामा बनेको फिल्ममा सम्पादन मित्र डि गुरुङको छ । जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको फिल्मलाई करुणा अर्याल र संगम भट्टले निर्माण गरेका हुन् । श्रीराम बालाजी फिल्मस् ले यो फिल्मको वितरण अधिकार लिएको छ ।