मनोरञ्जन

बेनिशा भन्छिन् ,’गीतको मर्म अनुसार प्रस्तुत भए’ 

By खबरहब

May 24, 2022

काठमाडौँ– बेनिशा हमाल अभिनीत फिल्म ‘प्रेमगन्ज’ को तरबार बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा बेनिशाको ग्ल्यामर अवतार छ । म्युजिक भिडियो हुँदै फिल्ममा उदाएकी बेनिशाले यस किसिमको नृत्य पहिले गरेकी थिइनन् । बेनिशाले गीतलाई लिएर आफू साँच्चिनै उत्साहित रहेको प्रतिक्रिया दिएकी थिइन् । ‘यो गीतलाई लिएर म निकै उत्साहित छ’ । म्युजिक भिडियोदेखि फिल्मसम्म धेरै गीतमा नृत्य गरे पनि ठूलो क्यानभासमा खिचिएको यो पहिलो गीत हो । दर्शकलाई पनि मनपर्छ भन्ने अपेक्षा छ,’ बेनिशाले भनिन् । 

उनले गीतको मर्म अनुसार आफू प्रस्तुत भएको बताइन् । ‘यसमा फिल्मको क्यारेक्टर अनुसार नै म प्रस्तुत भएकी छु । म मात्र नभई सम्पूर्ण टिमले नै भव्य बनाउन उत्तिकै मेहनत गरेका छन्’ उनले भनिन् । यस अगाडी यस किसिमको नृत्यको लागि आफूलाई अफर नआएको समेत उनले बताइन् । ‘मैले यो किसिमको नृत्य गर्न सक्छु भन्ने सोचेकी थिए तर अफर आएको थिएन । अब आउँछ होला । मेरो काम हेरेर प्रतिक्रिया पाउने आश छ’ उनले भनिन् । 

परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको यो फिल्मबाट तेज गिरीले डेब्यु गर्दैछन् । बैंकरसमेत रहेका तेज गिरीले फरक पेसाबाट फिल्म क्षेत्रमा आउँदा माया र आशीर्वादको खाँचो रहेको बताए । चलचित्र चौतारीको पहिलो प्रस्तुति ‘प्रेमगन्ज’ लाई स्पट ब्वाई राजु फुँयालको सहयोगार्थ निर्माण गरिएको हो । फिल्ममा अनन्तमान श्रेष्ठ कार्यकारी निर्माताको भूमिकामा छन् । थुप्रै नेपाली फिल्मको मुख्य सहायक भई काम गरेका परिच्छेद सेनले ‘मदर’, ‘स्ट्राइक’ जस्ता अवार्ड विजेता फिल्मको निर्देशन गरेका छन् । ‘प्रेमगन्ज’ भने उनको फिचरमा डेब्यु हो । 

वाइल्ड रिपर्ज क्रिऊको कोरियाग्राफी रहेको गीतलाई किरण भुसालले संगीत गरेका हुन् भने गीतमा शब्द रहेको छ, पुरुषोत्तम ढुंगेलको । गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीको स्वर रहेको छ । सञ्जय लामाको छायांकन रहेको गीतलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । 

फिल्ममा तेज र बेनिशासँगै सम्पदा बानियाँ, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सन्जोग रसाइली, पवन भट्टराई आदिको अभिनय रहेको छ । फिल्मबाट प्रसन्न श्रेष्ठ, सुप्रिया खनाल र सिमरन खड्काले डेब्यु गर्दैछन् ।