सांकेतिक तस्बिर

अपराध

ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

By खबरहब

May 24, 2022

ललितपुर– ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथली बस्ने ४७ वर्षीय विष्णु बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त सातदोबाटो ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद १ लाख ६९ हजार २५ रुपैयाँ र ५८ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।