तस्वीर- क्रिकइन्फो

क्रिकेट

फाइनल प्रवेशको लागि गुजरात र राजस्थान भिड्दै

By खबरहब

May 24, 2022

काठमाडौँ– इन्डियन प्रिमियर लिग आईपीएलको पहिलो क्वालिफायरमा मंगलबार गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्दैछन् ।

राजस्थान र गुजरात बीचको खेल भारतको कोलकातास्थित इडेन गार्डेनमा हुनेछ । खेल राति पौने आठ बजे सुरु हुँदैछ । गुजरात र राजस्थान आजको खेलमा जित निकाल्दै फाइनलमा स्थान पक्का गर्न चाहन्छन् ।

गुजरातले आईपीएलमा पहिलो सहभागितामा नै प्ले अफ सम्मको यात्रा तय गरिसकेको छ । यता, सन् २००८ मा उपाधि जित्न सफल राजस्थान भने इतिहास दोहोर्याउन चाहन्छ ।

यस अघि भएको भिडन्तमा गुजरातले राजस्थानलाई ३७ रनले पराजित गरेको थियो ।