तस्वीर- वायोअन

अन्तर्राष्ट्रिय

कश्मीरका ग्रामीण महिलाहरू आत्मनिर्भर बन्दै

By खबरहब

May 24, 2022

काठमाडौँ– कश्मीरका ग्रामीण महिलाहरू आत्मनिर्भर हुन थालेका छन् । भारतीय सेनाले स्थापना गरेका स्वावलम्बी समूहहरूसँगको सहकार्यमा कश्मीरका ग्रामीण महिलाहरूले आय आर्जनको बाटो खोजेका हुन् ।

भारतीय समाचार संस्था वायोअनका अनुसार मध्य कश्मीरको गन्देरबाल जिल्लाको गुन्द गाउँमा झण्डै दुई दर्जन महिलाहरू भारतीय सेनाले स्थापना गरेको ‘सोनामार्ग फुड्स’ नामक स्वावलम्बी समूहसँग आबद्ध भएर आय आर्जनको बाटो निकालेका हुन् ।

यस समूहले अचार, जामजस्ता खानेकुराको उत्पादन गर्ने र यसलाई भारतभर बिक्री गर्दै आएका छन् ।

उनीहरुले स्थानीय स्तरमै उपलब्ध हुने स्याउ र अन्य फलफूल तथा तरकारीको प्रयोग गरी आफ्ना सामानको उत्पादन गर्ने गरेको जनाइएको छ ।

भारतीय सेनाले उक्त समूहको गठन गर्न तथा उनीहरुको उत्पादनको बजारीकरण गर्न सहयोग गरेको समूहकी सदस्य निगात तबसुमले वायोअनलाई बताइन् ।