तस्वीर- ट्विटर/सइद स्लित

अन्तर्राष्ट्रिय

कश्मीरी वृद्धाले अंग्रेजी बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल

By खबरहब

May 24, 2022

काठमाडौँ– एकजना वृद्ध कश्मीरी महिलाले अंग्रेजी बोलेको भिडियो भारतमा भाइरल बनेको छ ।

सइद स्लित साह नामक ट्विटर प्रयोगकर्ताले अपलोड गरेको भिडियो पछिल्लो समय ह्वाट्सएप, फेसबुक जस्ता सामाजिक सञ्जालमा पनि भाइरल भएको भारतीय समाचार संस्था प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ ।

भिडियोमा एकजना युवाले कश्मीरी भाषामा कुनै वस्तुको नाम भनेपछि ती वृद्धाले त्यस वस्तुको नाम अंग्रेजीमा भन्छिन् ।

ती वृद्धाको उमेर ८० वर्ष आसपास हुनसक्ने प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ ।

ती महिला कुन ठाउँकी हुन् भन्ने स्पष्ट नभएपनि उनको फरक लवजबाट उनी ग्रामीण कश्मीरकी हुनसक्ने अनुमान गरिएको छ ।