ब्रेकिङ स्टोरी

काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेनको अग्रता कायमै

By खबरहब

May 24, 2022

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो अग्रता कायमै राखेका छन् ।

मतगणनाको प्रारम्भिक चरणदेखि नै आफ्नो अग्रता बढाउँदै लगेका बालेन्द्रले नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापित र नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई पछाडि पारेका हुन् ।

पछिल्लो मत परिणामअनुसार बालेन्द्र साहले ५१ हजार ५३० मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१ हजार ५७ मत प्राप्त गरेका छन् भने काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३१ हजार ६४८ मत प्राप्त गरेकी छिन् ।