राजनीति

नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक घोषणा

By खबरहब

May 24, 2022

काठमाडौँ : सरकारले ‘आफ्नो उत्पादन आफ्नै व्यापार’ नाराका साथ नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक प्रारम्भ गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा कृषि नीति तर्जुमा गरी कृषि अनुसन्धान यान्त्रिकीकरण, व्यवसायीकरण र जलवायु अनुकूल प्रविधिको प्रवद्र्धन गरिने भएको छ ।

यस अभियानलाई सफलतापूर्वक सञ्चालन गर्न ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ सञ्चालन गरिने भएको छ । स्वदेशी उत्पादनलाई प्रवद्र्धन र विस्तार गर्न नीजि क्षेत्रबाट सञ्चालित ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानालाई सहयोग गरिनेछ ।

औद्योगिक पूर्वाधार निर्माणमा निजी क्षेत्रको संलग्नता बढाउने नीति लिइने भएको छ । अन्तर्राष्ट्रिय व्यापारमा भरपर्दै सूचना प्राप्त गर्न विज्ञ सम्मिलित मार्केट एण्ड टे«ड इन्टेलीजेन्सको उपयोग गरिने भएको छ ।

कृषि, वन तथा खानी क्षेत्रका उत्पादनलाई औद्योगिक प्रशोधन शृङ्खलामा जोड्न ‘फार्म टु इन्डस्ट्री’ एकीकृत नमूना कार्यक्रम कार्यान्वयन गरिने आज सम्बोधन गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ । पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई नियमित रुपमा सहज तथा लागतप्रभावी बनाइनेछ । रासस