राजनीति

पत्रकारलाई तालिम दिन प्रतिष्ठान खोल्ने कार्यक्रम

By खबरहब

May 24, 2022

काठमाडौँ : दक्ष तथा पत्रकार उत्पादनका लागि सरकारले तालिम प्रतिष्ठान खोल्ने कार्यक्रम ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसदमा प्रस्तुत गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा पत्रकारलाई तालिम दिन प्रतिष्ठान खोल्ने कार्यक्रम ल्याउने लागिएको हो ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा प्रशिक्षण प्रतिष्ठान खोल्ने नीति तथा कार्यक्रममा उल्लेख छ । पत्रकारिता क्षेत्रमा नयाँ जनशक्ति ल्याउन र भएका जनशक्तिको क्षमता अभिवृद्धि गर्न कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याइने भएको हो ।

पछिल्लो समय बजारमा दक्ष जनशक्तिको अभाव छ भने नयाँ पत्रकार उत्पादन गर्नुपर्नेमा जोड दिदैँ आइएको थियो ।