फाइल फोटो

राजनीति

नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

By खबरहब

May 24, 2022

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम सकारात्मक भएको टिप्पणी गरेका छन् ।

मंगलबार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संघीय संसद् भवनमा प्रतिक्रिया दिँदै भट्टराईले नीति तथा कार्यक्रममा सुधारको संकेत गरिएको बताए ।

‘आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखिएको छ। तर मेरो विचारमा सामान्य सुधारले पुग्दैन’, उनले भने, ‘सुधारात्मक कुरा सकारात्मक छन्। तर पर्याप्त छैन ।’