बेपत्ता विमान खोज्न गएको सेनाको टोली कोवाङ फर्क्यो

By खबरहब

May 24, 2022

काठमाडौँ- तारा एअरको विमान दुर्घटना भएको आशंका गरिएको स्थान लार्जुङबाट सेनाको टोली फर्किएको छ । केही समयअघि त्यसतर्फ गएको सेनाको टोली कोवाङतर्फ नै फर्किएको हो । अझै दुर्घटनास्थल यकिन हुन सकेको छैन ।

लार्जुङका स्थानीय शिक्षक वीरेन्द्र लामिछानेका अनुसार दुर्घटनास्थलबारे अन्योल हुँदा उनीहरू अलमलिएका छन् ।

‘आर्मीहरू फर्किनुभयो । कहाँ दुर्घटना भएको भन्ने थाहा छैन,’ उनले भने, ‘आशंका यतै हो । तर, ठाउँ थाहा भएन ।’ सबैतिरका स्थानीयले आवाज सुनेको भनेपछि झनै अन्योल बढाएको छ ।

स्थानीय समयअनुसार बिहान ९ बजेर ५५ मिनेटमा उडेको टुविन अटर ९ एनएईटी विमान अन्तिमपटक जोमसोम टावसरँग १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने स्थानमा सम्पर्क भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । त्यसपछि विमान बेपत्ता छ ।

१९ जना यात्रु र ३ जना चालक दलका सदस्य सवार विमानको खोजी कार्य जारी रहेको जनाइएको छ ।