फाइल फोटो

समाचार

काठमाडौँ उपत्यकासहित चार प्रदेशमा वर्षा

By खबरहब

June 24, 2022

काठमाडौँ – काठमाडौँ उपत्यकासहित प्रदेश १, बागमती, गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो प्रदेश १ र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।

शनिबार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । सोही दिन प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।