फाइल फोटो

राजनीति

राप्रपाको प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिबार सुरु हुने

By खबरहब

June 24, 2022

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिबारदेखि काठमाडौँमा सुरु हुने भएको छ।

देशभर प्रशिक्षण अभियान सञ्चालन गर्न आयोजना गरिएको प्रशिक्षक प्रशिक्षणमा सातवटै प्रदेशबाट सहभागीता रहने राप्रपाले जनाएको छ ।

कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको अबको रणनीति विषयमा प्रशिक्षण दिने विभागका सदस्य सचिव दिनेश कार्कीले जानकारी दिएका छन् ।

स्थानीय तहको निर्वाचनको समिक्षा, आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीको रणनीतिलगायतका विषयमा राप्रपाले देशभर प्रशिक्षण अभियान सञ्चालन गर्न लागेको हो । यस कार्यक्रम अन्तर्गत प्रदेश तहमा प्रशिक्षण सञ्चालन गर्ने, भातृ संगठनलाई प्रशिक्षण दिने, जिल्ला र क्षेत्रीय तहसम्म प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गर्ने तयारी छ।