बैंक/वित्त

ज्योति विकास बैंकको मणिग्राम र परासी शाखा उद्घाटन

By खबरहब

June 24, 2022

काठमाडौँ– ज्योति विकास बैंकले शुक्रबार मणिग्राम र परासीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्‍याउने उद्देश्यका साथ नयाँ शाखाहरू सञ्चालनमा ल्याइएको जनाएको छ । 

तिलोत्तमा नगरपालिका वडानं. ५, रुपन्देहीस्थित मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण र बैंकका सञ्चालक सुरेन्द्रबहादुर नेपालीले संयुक्तरुपमा गरेका थिए । साथै, रामग्राम नगरपालिका वडा नं. ३ परासीस्थित परासी शाखाको समुद्घाटन रामग्राम नगरपालिकाका मेयर  धनपत यादव र बैंकका सञ्चालक  मन महर्जनले संयुक्तरुपमा गरेका थिए । उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्य, बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरू, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरूको पनि उपस्थिति रहेको थियो। 

नयाँ शाखाहरूकाे उद्घाटन अवसरमा बैंकले मणिग्राम र परासी शाखाका ग्राहकहरूका निमित्त शुन्यमौज्दातमै  (क्यु आर कोड), निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरोसेयर र रजिस्ट्रेशन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा , सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५५ छुट लगायत विभिन्न सुविधाहरू प्रदान गर्ने भएको छ।