मनोरञ्जन

रामबाबुको फिल्ममा विपिन 

By खबरहब

June 24, 2022

काठमाडौँ– निर्देशक रामबाबु गुरुङ कबड्डी सिरिज भन्दा बाहिर फिल्म निर्देशन गर्ने तयारीमा छन् । ‘कबड्डी ४ : द फाइनल म्याच’ मा भनिए जस्तो उनी अब ‘बमकाजी’ निर्देशन गर्ने तयारीमा छैनन् । उनी विपिन कार्कीलाई लिएर नयाँ फिल्म गर्ने तयारीमा छन् । बिहीबार विपिनले फेसबुकमा स्टोरी राख्दै रामबाबु गुरुङसँग काम गर्न लागेको संकेत गरेका थिए । शीर्षक तय भइनसकेको फिल्मका लागि बिहीबार यशोधा फिल्म्स र अभिनेता कार्कीबीच लिखित सहमति भएको छ ।

इलामको सेटिङमा सुटिङ हुने फिल्म विपिनको बलिउड फिल्म ‘एनिमल’ को सुटिङ सकिएपछि हुनेछ । विपिन ‘एनिमल’ को सुटिङका लागि आउँदो जुलाई महिनामा मुम्बई प्रस्थान गर्दैछन् । विपिनका अनुसार मुम्बईमा उनलाई निर्माता ५८ दिनको समय माग गरेका छन् । विपिनले भर्खरै मात्र ‘के घर के डेरा’ को सुटिङ सकाएका छन् ।

मुम्बई जानु अगाडि विपिन प्रसादको सिकेल ‘प्रसाद २’ को छायांकनमा व्यस्त हुनेछन् ।