तस्वीर- इल्युशिन एभिएसन

अन्तर्राष्ट्रिय

रुसमा सैनिक विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु

By खबरहब

June 24, 2022

काठमाडौँ- रुसमा सैनिक मालवाहक विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । रुसको राजधानी मस्कोबाट दक्षिण पश्चिममा पर्ने रियाजान भन्ने सहरमा सो जहाज दुर्घटनामा परेको हो ।

परीक्षण उडानका क्रममा रुसको सैनिक कार्गो विमान दुर्घटनामा परेको बताइएको छ ।

जहाज कार्गो जहाज भएपनि कुनै सामान नराखी परीक्षण स्वरुप उडान गरिएको रुसी अधिकारीहरुले जनाएका छन् । त्यसैक्रममा विमान दुर्घटनामा परेको र त्यसमा रहेका चार जनाको ज्यान गएको सैनिक अधिकारीले जानकारी दिएका हुन् ।

सो दुर्घटनामा परेर घाइते भएका उडान दलका ५ जना सदस्यहरुलाई अस्पताल पुर्‍याइएको रुसी समाचार संस्था रियालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

रुसको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार रियाजान सहरबाट उडेको केही समयमै जहाज बजार छेउको एक राजमार्गमा परेर दुर्घटना भएको थियो ।