मनोरञ्जन

शमशेरा ट्रेलर : दोहोरो भूमिकामा रणवीर

By खबरहब

June 24, 2022

काठमाडौँ- बलिउड अभिनेता रणवीर कपूर फिल्म ’सञ्जु’ पश्चात पर्दामा देखिएका छैनन् । यद्यपि यसै वर्ष उनको दुई प्रतीक्षित फिल्म शमशेरा र ब्रह्मास्त्र रिलिज हुँदैछ । हालै उनको दुवै फिल्मको ट्रेलर समेत सार्वजनिक गरियो ।

दुवै फिल्मको ट्रेलर पश्चात रणवीर पुनः मिडियामा छाएका छन् । ब्रह्मास्त्रमा सामान्य गेटअपमा देखिएका रणवीर शमशेरामा भने नयाँ लुक्समा छन् ।

दास हुँदै नेता बनेको एक योद्धाको कथामा आधारित फिल्ममा रणवीर दोहोरो भूमिकामा देखिएका छन् । सार्वजनिक ट्रेलरमा स्वतन्त्रताका लागि रणवीरले गरेको संघर्ष र खलपात्रको भूमिकामा देखिएका सञ्जय दत्तसँगको द्वन्द्वलाई समेटिएको छ ।

यशराज फिल्म्सको ब्यानरमा बनेको फिल्मले स्वतन्त्रताको कथा प्रस्तुत गर्छ । फिल्मका निर्देशक करण मलहोत्रा हुन् । फिल्ममा रणवीरले दुई पुस्ताको नेतृत्व गरेका छन् । यसमा उनको चुलबुलेसँगै गम्भीर स्वभावलाई समेत चित्रण गरिएको छ ।