बैंक/वित्त

कामना सेवाको के एस मोबाइलमा अब नेपाल पे क्युआर उपलब्ध

By खबरहब

June 24, 2022

काठमाडौँ- कामना सेवा विकास बैंक लिमिटेडद्वारा सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ  नेस्नल पेमेन्ट स्वीच अन्तर्गत   नेपाल पे क्यु आरलाइ आफ्नो मोबाइल बैंकिङमा एकीकृत गरिएको छ ।

बैंकले मिति २०७९ साल आषाढ ९ गते बिहीबारबाट  नेपाल पे क्यु आरका मर्चेन्टलाई के एस मोबाइलको क्यु आर स्क्यानरबाट सीधै रकम भुक्तानी गर्न मिल्नेगरी आफ्नो मोबाइल बैंकिङ एप अपडेट गरेको छ।

यस सँगै कामना सेवा विकास बैंक, नेपाल पे क्यु आर मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको छ । यो सहकार्यसँगै कामना सेवा विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैकिङ्ग एप मा क्यु आर पेमेन्ट  प्रयोग गरी नेपाल पे क्यु आरका मर्चेन्टलाई  रकम भुक्तानी गर्न सकिने भएको छ ।