ब्रेकिङ स्टोरी

पोखराको नगर सभा बहिष्कार

By खबरहब

June 24, 2022

पोखरा- पोखरा महानगरले शुक्रबार आगामी वर्षका लागि बजेट ल्याउँदै छ । सभागृहमा केही बेरअघि सुरु भएको सभामा एमालेका सदस्यहरूले विरोध गरे । ४ बजे बैठक सुरु भएपछि एमाले उठेर विरोध जनाएको थियो।

दलको नेता राधिका शाहीले रातो किताब बजेट अघि नै आएको विरोध जनाइन् । त्यसपछि नाराबाजी सुरु भयो । `बजेट निर्माणमा हामीसँग छलफल र समन्वय भएको छैन,´ उनले भनिन्, `रातो किताब कसरी आयो आजै ?´

उनले बैठक चल्न नदिने बताएपछि स्थगित भएको छ । मेयर धनराज आचार्यले भने रातो किताब नभई ड्राफ्ट मात्र बनाएको बताए । `यो रातो किताब हैन, ड्राफ्ट हो । छलफल पछि मात्र पास हुन्छ,´ उनले भने ।

शाहीले रातो किताब च्यातिदिएकी छिन् । अहिले सभागृह अगाडि नाराबाजी चलिरहेको छ ।