फाइल फोटो

समाचार

देशभरको मौसममा बदली, प्रदेश १ मा भारी वर्षाको सम्भावना 

By खबरहब

July 24, 2022

काठमाडौँ – हाल लुम्बिनी, गण्डकी र प्रदेश १ का केही भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाका अनुसार देशका अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज राति प्रदेश १ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

देशको केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेकाले केही दिन देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।

आगामी २४ घण्टामा पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन भनिएको छ।