फाइल फोटो

देश/प्रदेश

उपत्यकामा शनिबार २ हजार २८२ जना सवारी चालकलाई कारबाही 

By खबरहब

July 24, 2022

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन २ हजार २८२ जना सवारी चालकलाई कारबाही गरेको छ।

ट्राफिक नियम उल्लंघन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ८८ जना, लेन अनुशासन पालना नगर्ने ६२ जना, रेड लाइटमा सवारी साधन चलाउने ८५ जना रहेका छन् ।

यस्तै, नम्बर प्लेट नदेखिने गरी राख्ने ३८ जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ । अन्य कारबाहीमा पर्ने २ हजार ९ जना सवारी चालक रहेका छन् ।