तस्वीर- एनडीटीभी

अन्तर्राष्ट्रिय

भारतमा थप २० हजार २ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

By खबरहब

July 24, 2022

काठमाडौँ- भारतमा पछिल्लो २४ घण्टामा २० हजार दुई सय ७९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यसअघि भारतमा लगातार तीन दिनसम्म कोभिड सङ्क्रमितको सङ्ख्या २१ हजारभन्दा माथि पुगेको थियो ।

हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाख ८८ हजार पुगेको छ भने एक लाख ५२ हजार दुई सय सक्रिय सङ्क्रमित छन् । सोही अवधिमा १८ हजार एक सय ४३ सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख १० हजार पाँच सय २२ पुगेको छ

मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार कोरोना सङ्क्रमणबाट ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोनाबाट पाँच लाख २६ हजार ३३ जनाको मृत्यु भएको छ । महामारी शुरु भएयता ८६ करोड ८९ लाखभन्दा बढीको परीक्षण गरिएको छ ।

सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । सोहीक्रममा हालसम्म दुई अर्ब ९१ लाख मात्राभन्दा बढी खोप लगाइएको छ ।