तस्वीर- क्रिकेट स्कटल्याण्ड

क्रिकेट

क्रिकेट स्कटल्याण्डको कार्यसमितिद्वारा राजिनामा

By खबरहब

July 24, 2022

काठमाडौँ- रंगभेदी गतिविधिका कारण विवादमा परेको क्रिकेट स्कटल्याण्डको कार्यसमितिले राजीनामा दिएको छ । रंगभेदी घटनाबारे समीक्षा प्रतिवेदन प्रकाशित हुनु ठिक एक दिन अघि कार्यसमितिले राजिनामा दिएको हो ।

सोमबार प्रकाशित हुने रंगभेदबारेको प्रतिवेदनले स्कटिश क्रिकेटमा भएको भनिएको भेदभावलाई दर्शाउने अपेक्षा गरिएको छ ।

‘हामी क्षमाप्रार्थी छौँ र रंगभेदी वा अन्य भेदभावबाट पीडित सम्पूर्णसँग सार्वजनिक रुपमा माफी माग्न चाहन्छौँ ।’ कार्यसमितिको राजीनामापत्रमा उल्लेख गरिएको छ ।

यसअघि स्कटल्याण्ड क्रिकेटको लागि २ सय ९ वटा खेल खेलेका मजिद हकले सन् २०१६ विश्व कपको टोलीमा छनोट हुन असफल भएसँगै आफू जातिवाद र भेदभावबाट पीडित भएको अभिव्यक्ति दिएपछि यसबारे बहस चलेको हो ।