फाइल तस्वीर

अन्तर्राष्ट्रिय

चीनले चार वटा महामारीबारे विश्वलाई सूचित नगराएको खुलासा

By खबरहब

July 24, 2022

काठमाडौँ– चीनले आफ्नो मुलुकमा देखा परेका महामारीहरु सार्वजनिक नगरेको र चार वटा महामारी विश्वभर फैलाउन मद्दत गरेको खुलासा भएको छ ।

अमेरिकाको न्युयोर्क सहरबाट प्रकाशित हुने न्युयोर्क पोस्टका अनुसार सन् १९५७ मा सिंगापुर र हङकङमा एसियन फ्लू नामक महामारी देखा परेको थियो । यो चाँडै नै विश्वभर फैलिएको थियो ।

यस महामारीको सिर्जना गर्न चीनले कुनै भूमिका नखेलेपनि विश्वभर फैलाउन भने सहयोग पु¥याएको न्युयोर्क पोस्टले उल्लेख गरेको छ । यो रोग सुरुमा चीनको गुइजोउ प्रान्तमा सन् १९५७ को सुरुवातमा देखा परेको थियो ।

यद्यपि चिनियाँ अधिकारीले यस महामारीका कारण दशौँ हजारको मृत्यु भएपनि यसलाई सार्वजनिक नगरेको उक्त अखबारले जनाएको छ ।

त्यसैगरी सन् १९६८ मा हङकङमा हङकङ फ्लू नामक प्रकोप देखिएको थियो । अधिकारीहरुलाई यो रोग चीनमा पनि फैलिरहेको थाहा भएपनि यसबारे कसैलाई जानकारी गराएनन् ।

त्यस्तै, सन् २००२ मा सार्स र हालैको समयमा कोरोना भाइरसबारे विश्वलाई समयमा नै सूचित नगराएर चीनले यसलाई विश्वभर फैलाउन मद्दत गरेको न्युयोर्क पोस्टमा उल्लेख गरिएको छ ।