फाइल तस्वीर

अन्तर्राष्ट्रिय

आतंकवादको जोखिम बढेको भन्दै भारतद्वारा साना हतियारको अवैध व्यापार नियन्त्रण गर्न आह्वान

By खबरहब

July 24, 2022

काठमाडौँ- आतंकवादको जोखिम बढेको भन्दै भारतले साना हतियारको अवैध व्यापार नियन्त्रण गर्न आह्वान गरेको छ ।

हालै अमेरिकाको न्युयोर्क शहरमा आयोजित साना हतियारको रोकथाम नियन्त्रण एवम् निर्मूलनका लागि आयोजित सम्मेलनमा भारतले यस्तो आह्वान गरेको हो ।

यसका लागि संयुक्त राष्ट्रसंघले अघि सारेको कार्ययोजनाको पालनाका लागि भारतले जोड दिएको छ ।

भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार भारतले यस्तो कार्ययोजनाको पालनाका लागि अन्तर्राष्ट्रिय सहकार्य र सहयोगको आवश्यकता रहेकोमा जोड दिएको छ ।

भारतले साना हतियारको अवैध व्यापार नियन्त्रणका लागि संयन्त्रको विकास गर्नुपर्ने आवश्यकता औँल्याएको एएनआईले जनाएको छ ।