फाइल तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानमा गोली हानी पत्रकारको हत्या

By खबरहब

July 24, 2022

काठमाडौँ- पाकिस्तानमा एक जना पत्रकारको हत्या भएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार पाकिस्तानको चारसड्डा जिल्लास्थित साबकदार गाउँमा इफ्तिकार अहमद खानको गोली हानी हत्या गरिएको हो ।

खान पछिल्लो १७ वर्षदेखि एक्सप्रेस मिडिया ग्रुपसँग आबद्ध थिए ।

डनका अनुसार उनका भाइ हजरत बिलालले प्रहरीसमक्ष घटनाको उजुरी दिएका छन् । उनका अनुसार पत्रकार खानको कसैसँग दुश्मनी थिएन । उनको हत्यामा कसको संलग्नता छ भन्ने अझै स्पष्ट नभएको जनाइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार मस्जिदमा नमाज पढेर घर फर्किँदै गर्दा अज्ञात बन्दुकधारीले उनीमाथि गोली प्रहार गरेका थिए ।

उनको घटनास्थलमै मृत्यु भएको थियो । मृतक खानका दुई श्रीमती, चार छोरा र चार छोरी छन् ।