राजनीति

प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी

By खबरहब

July 24, 2022

काठमाडौं – नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । शेखर–गगन समूहका लम्सालले संस्थापन पक्षकी अनिता बिन्दूलाई पराजित गरेका हुन् ।

८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित भएका थिए । युनियनको महासचिवमा पनि लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा पनि लम्साल प्यानलकै प्रेम केसी निर्वाचित भएका छन् ।

खुला उपाध्यक्षमा लम्साल प्यानलबाट नकुल अर्याल निर्वाचित भएका छन् । खुला उपाध्यक्षमै अर्को एक कोटामा संस्थापन पक्षका भिष्मराज ओझा बिजयी भएका छन् ।

मतगणना सकिए पनि आधिकारिकरुपमा मतपरिणाम घोषणा भइसकेको छैन । तर लम्सालले बिजयोत्सव मनाइरहेका छन् ।