फाइल फोटो

राजनीति

पाल्पा, सुनसरी र भक्तपुरका घटनाका घाइतेको उपचारबारे गृहमन्त्री खाणको चासो

By खबरहब

July 24, 2022

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले पाल्पाको रिब्दीकोटमा भएको बस दुर्घटना तथा सुनसरी र भक्तपुरमा रुख ढल्दा च्यापिएर घाइते भएकाको उपचारबारे चासो व्यक्त गरेका छन्।

गृहमन्त्री खाणले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई टेलिफोन गरी ती दुर्घटनामा घाइते भएकाको उपचार प्रभावकारी बनाउन निर्देशन दिएका छन् । गृहमन्त्री खाणले अस्पताल पु¥याउन थप सहयोग आवश्यक पर्ने भए मन्त्रालयमा जानकारी गराउन समेत निर्देशन दिए ।

गुल्मीको मजुवाबाट बुटवल आउँदै गरेको बस दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको र १७ जना घाइते भएका जनाइएको छ ।

यता सुनसरीका कोशी टप्पु वन्यजन्तु आरक्षभित्र रुख ढलेर स्कुटर च्याप्दा एक जनाको मुत्यु र एक जना घाइते भएको घटनाबारे पनि गृहमन्त्री खाणले जानकारी लिएका छन् ।

त्यस्तै भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा भएका घाइतेको यथाशीघ्र उपचारको व्यवस्था गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । उक्त घटनामा तीन जनाको मृत्यु भएको र १२ जना घाइते भएका जनाइएको छ ।