समाचार

पछिल्लो २४ घण्टामा विपद्का ९ घटना : एकको मृत्यु, दुई घाइते

By खबरहब

August 24, 2022

काठमाडौँ – देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा नौ वटा विपद्का घटना घटेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनामा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार विपद्को सो घटनाबाट ३ लाख ६५ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ।