ब्रेकिङ स्टोरी

महानगरले भत्कायो अवैध संरचना (तस्बिरहरू)

By खबरहब

August 24, 2022

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टोलीले काठमाडौँ मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ।

त्यस्तै रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन मिति दिएर फर्किएको छ ।

त्यस्तै महानगरले विशेष प्रायोजनका लागि अन्डरग्राउण्डको स्वीकृति लिएर पसल वा अन्य प्रयोजनमा प्रयोग गरेका स्थानलाई पनि खाली गराएको छ ।सो क्रममा व्यापारीले विरोध गरेका थिए । उनीहरूले चाडपर्वपछि मात्रै पसल हटाउन आग्रह गरेका थिए । तर मेयर शाहले कानून सबैलाई बराबर भएकाले सबै स्थानमा बनाइएका अनधिकृत संरचनालाई हटाउने स्पष्ट परेका थिए।

त्यस्तै महानगरको टोलीले बुधबार नै दरबारमार्गमा रहेका अनधिकृत संरचना हटाएको छ । यसअघि महानगरले ३५ दिने सूचना दिँदा पनि अटेरी गरेपछि अनधिकृत संरचना भत्काउन थालेको हो ।