देश/प्रदेश

थप ४८७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

By खबरहब

August 24, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ८ सय ६ पिसिआर परीक्षणका क्रममा २ सय ४२ जना र २ हजार ३ सय ७१ एन्टीजेन परीक्षणका क्रममा २ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको भने १ सय ६४ जना संक्रमित निको भएका छन् ।

हाल नेपालमा ४ हजार २ सय ९८ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।