अपराध

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

By खबरहब

August 24, 2022

काठमाडौं-  बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ६ स्थायी घर भइ हाल काठमाडौँ महानगरपालिका- १० नयाँ बानेश्वर, बुद्धनगर बस्ने ३५ वर्षीय सन्तोष सापकोटा रहेका छन् । उच्च अदालत पाटनको गत जेठ २४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा पाँच दिन कैद र २ लाख उनान्साठी हजार रुपैयाँ जरिवानाको सजाय ठहर गरेको थियो । 

त्यसपछि फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरीले जनाएको छ।