तस्वीर- ओलम्पिक्स/गेटी इमेज

अन्य

नवौँ राष्ट्रिय खेलकुदका लागि जुडो खेलाडी छनोट

By खबरहब

August 24, 2022

काठमाडौँ- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशको काठमाडौँ जिल्लाबाट जुडो खेलाडी छनोट भएका छन् ।

खुसीबुस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुष ६० केजीमुनि आशिष तामाङ, ६६ केजीमुनि पुजन श्रेष्ठ र सम्राट केसी, ७३ केजीमुनि सयम श्रेष्ठ, ८१ केजीमुनि ओजस बस्नेत, ९० केजीमुनि फुर्वा सोनाम शेर्पा, १०० केजीमुनि वशिष्ठ महर्जन र १०० केजीमाथि आदित्य दाहाल छनोट भएका छन् ।

महिला ५७ केजीमुनि सञ्जिता गुरुङ र विनु गुरुङ, ६३ केजीमुनि सुनिता ढकाल र शिसम अधिकारी तथा ७८ केजीमुनि दीपा गुरुङ छानिएको नेपाल जुडो सङ्घका महासचिव धर्मकुमार श्रेष्ठले जानकारी दिए ।

यसैगरी टेबलटेनिसतर्फको पुरुषमा चन्दन शाही, जयराम महर्जन, कपुर शर्मा, उमेश मानन्धर र रक्तचन्द्र मानन्धर छनोट भए ।

महिलामा इना डङ्गोल, स्वर्णिमा कंसाकार र प्राज्ना महर्जन छानिए । महिलामा बाँकी दुई खेलाडीको छनोटपछि गरिने छनोट संयोजक एवं काठमाडौँ जिल्ला टेबलटेनिस सङ्घका अध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए ।