तस्वीर- आईबीएसएफ

अन्य

दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिता यसै महिना आयोजना गरिने

By खबरहब

August 24, 2022

काठमाडौँ- छोरतेन स्नुकर क्लब, बौद्धको आयोजनामा दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिता यसै महिना हुने भएको छ ।

यही भदौ २५ गतेदेखि हुने उक्त प्रतियोगितामा दुईसय ५६ भन्दा बढी खेलाडीको सहभागिताको अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष राजन लामाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

आयोजक क्लबमै हुने उक्त प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु दुई लाख ५१ हजार, रु एक लाख ११ हजार र रु ५१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

एक सय ४७ अङ्क ब्रेक गर्नेलाई रु १० लाख, सेञ्चुरी ब्रेक गर्नेलाई रु एक लाख एक हजार र ८० अङ्कसम्म ब्रेक गर्नेलाई रु २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडीलाई रु २५ हजार, उदीयमान खेलाडी, अनुशासित खेलाडी र क्वार्टरफाइनल पुग्ने खेलाडीलाई जनही रु ११ हजार नगद पुरस्कार दिइनेछ ।