साङ्केतिक तस्बिर

अन्तर्राष्ट्रिय

भूकम्पको १७ दिनपछि जीवितै उद्धार

By खबरहब

September 24, 2022

बेइजिङ – चीनमा भूकम्प गएको १७ दिनपछि एक व्यक्तिको जीवितै उद्धार भएको छ । विनाशकारी भूकम्पपछि पहाडमा बेपत्ता भएका चिनियाँ कामदारको १७ दिनपछि उद्धार गरिएको हो । यस महिनाको सुरुमा दक्षिण पश्चिमी सिचुआन प्रान्तमा गएको ६ दशमलव ६ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ९३ जनाको मृत्यु भएको थियो भने र हजारौँलाई अस्थायी शिविरमा पुनर्वास गरिएको छ ।

सिचुआनको वान्डोङ जलविद्युत योजनामा कार्यरत ग्यान युलाई एक स्थानीय गाउँले जीवितै  फेला परेका थिए । सरकारी स्वामित्वको चाइना नेशनल रेडियो (सीएनआर) ले उद्धारलाई चमत्कार भनेको छ । गत सेप्टेम्बर ५ मा भूकम्प जाँदा गान आफ्ना सहकर्मी लुओ योङसँग ड्युटीमा थिए । उनीहरुले जलविद्युत योजनाबाट सुरक्षित क्षेत्रमा प्रयत्न गर्दै थिए । तर, टाढाको राम्रोसँग नदेख्ने गानले त्यही बेला चस्मा हराए र पहाडी भूभागमा बरालिए ।

ती दुई व्यक्तिले टाढाका उद्धारकर्ताहरूलाई मद्दतको लागि संकेत गरे । लुगा फुकालेर रुसमा झुन्डाए । अन्तत गानलाई छोडेर लुओ जाने निर्णय गरे । लुओले गानलाई र जंगलभित्रै ओछ्यान बनाएर केही जंगली फलको व्यवस्था गरेर छोडे । उद्धारकर्ताले गानलाई ११ सेप्टेम्बरमा उद्धार गरेका थिए ।