खेलकुद

ब्राजिलसँग घाना पराजित

By खबरहब

September 24, 2022

काठमाडौँ – मैत्रिपुर्ण खेलमा ब्राजिलले घानालाई पराजित गरेको छ। शनिबार फ्रान्समा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले घानालाई ३-० गोल अन्तरले हराएको हो ।

कतार विश्वकपको उपाधि दाबेदार ब्राजिलको जितमा रिचार्लिसनले दुई गोल तथा मार्क्विन्होसले एक गोल थपे । ब्राजिलले सबै तीन गोल पहिलो हाफमा गरेको थियो।

ब्राजिल पछिल्लो १४ खेलमा अपराजित रहेको छ। अब ब्राजिलले ट्युनिसियासँग अर्को मैत्रिपुर्ण खेल खेल्ने कार्यतालिका रहेको छ।

ब्राजिलले कतार विश्वकपमा सर्विया, स्विटजरल्यान्ड र क्यामरुनसँग समूह जि मा रहेर प्रतिस्पर्धा गर्ने छ।