फाइल फोटो

राजनीति

‘गठबन्धनकै कारण मुलुकको आर्थिक अवस्था अस्तव्यस्त’

By खबरहब

September 24, 2022

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण मुलुकको आर्थिक अवस्थामा अस्तव्यस्त भएको बताएका छन् । शनिबार काठमाडौंमा केन्द्रीय अर्थ तथा योजना विभागको बुलेटिन सार्वजनिक गर्दै पोखरेलले गठबन्धनका नेताहरूको ध्यान आर्थिक लाभमात्रै भएकाले मुलुकको आर्थिक अवस्थामा अस्तव्यस्त भएको बताएका हुन् । 

उनले मुलुकको बिग्रिएको आर्थिक अवस्थालाई सही दिशामा ल्याउने काम एमाले मात्रै गर्ने बताए । नेतृत्वको प्रश्न सुल्झाउने चुनाव भएकाले हरेक निर्वाचन व्यक्तिको जित हारको मात्रै विषय नभएको उनले बताए । उनले अब मुलुकलाई रूपान्तरण गर्ने प्रश्नमा सहमति हुनेहरू एकठाउँ उभिन जरुरी रहेको धारणा राखे उनले नीतिको प्रश्न छाडेर गरिने गठबन्धनले राष्ट्रलाई अघि बढाउन नसक्ने बताए । 

पोखरेलले एमालेले केपी ओलीको नेतृत्वमा चुनावमा जाने घोषणा गरेपनि गठबन्धनको भने कुनै नेतृत्व नै नभएको टिप्पणी गरे । पोखरेलले मुलुकको उचित विकासको मोडललाई अवलम्बन गर्नुपर्ने जिकिर गरे ।