देश/प्रदेश

अनसनरत डा केसी र सरकारबीच १० बुँदे सहमति

By खबरहब

September 24, 2022

काठमाडौं – विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुबैतर्फका वार्ता टोलीबीच सहमति भएको बताइएको छ ।

कैलालीको धनगढीमा अनशन सुरु गरेका डा केसीलाई स्वास्थ्यमा समस्या भएपछि काठमाडौं ल्याइएको थियो । उनले काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी राखेका थिए ।

वार्ताका लागि सरकारले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा र डा। केसीका तर्फबाट डा। जीवन क्षत्रीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको थियो । सहमति भएसँगै डा. केसीले अनशन तोड्ने भएका छन् ।

७ बुँदे माग राखेर गत २७ भदौ २०७९ देखि उनले कैलालीको धनगढीस्थित श्रीकृष्ण मन्दिरमा अनशन सुरु गरेका थिए ।