प्रतीकात्मक तस्वीर ।

देश/प्रदेश

अर्घाखाँचीमा श्रीमानद्वारा श्रीमतीको हत्या

By खबरहब

September 24, 2022

सन्धिखर्क – अर्घाखाँचीको शितगंगा नगरपालिका–३, ठाडामा एक जनाले लोहोरो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । ५४ वर्षीय पिताम्बर भुसालले लोहोरोले हानेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादका कारण मसाला पिस्न प्रयोग हुने लोहोरो हानेर ५० वर्षीया मनकलाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले बताए । घरमा उनीहरूबीच पटक(पटक झगडा हुने गरेको पाइएको जनाइएको छ ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाएको रिजालले बताए ।