सांकेतिक तस्वीर ।

अपराध

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

By खबरहब

September 24, 2022

काठमाडौं – चोरी भई हराएको मोटरसाइकलसहित काठमाडौं महानगरपालिका २६ शिव मन्दिर नजिकैबाट शुक्रबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको नौकुण्ड गाउँपालिका ३ घर भई हाल काठमाडौंको टोखा बस्दै आएका १९ वर्षीय विजय तामाङ रहेका छन् ।

वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०२–०२८ प ७७ ८५ लाई परिवर्तन गरी बा ९० प ९० ९२ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकलसहित तामाङलाई शुक्रबार ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

एनएस २०० सिसिको पल्सर मोटरसाइकल उदयपुरको त्रियुगा नगरपालिका ३ घर भई हाल काठमाडौंको हात्तीगौँडा बस्दै आएका पहल कुमार मगरको रहेको अनुसन्धानबाट खुल्न आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।