ब्रेकिङ स्टोरी

मोबाइल एपका भर्चुअल स्टार

By मनोज घिमिरे

October 24, 2022

जोक निक्सको प्लाटिनियमा सिर्जना गरिएको एउटा आकृतिमा चाँदी रङको कपाल छ। उनी नयाँ व्यक्तिसँग भेटघाट गर्न मन पराउँछन्। उनी लगातार १२ घण्टासम्म लोकप्रिय भिडियो गेम युट्युब च्यानलमा प्रसारण गर्ने गर्छन्। उनका केही सयौँ फलोअर खेल हेर्दै रमाउन मस्त छन्।

जोकनिक्स उनको वास्तविक नाम होइन। उनको यो डिजिटल अवतार दक्षिण भारतमा रहेका केही विद्यार्थीले तयार गरेका हुन्। उनको वास्तविक नाम र जीवनका अन्य पाटाका बारे थाहा छैन। जोकनिक्स छिटो अगाडि बढी रहेका केही युट्युब र भि ट्यबर मध्यका एक हुन्। अहिले धेरै डिजिटल बाघ देखिएका छन्। जो सञ्चार क्षेत्रमा लोकप्रिय छन्। तर, यिनीहरूको परिचय नै छैन।

यी भि ट्युबरको जापानी स्टाइलको फिचर छ। यिनीहरू इन्टरनेटमार्फत गेमहरू स्ट्रीम गर्छन्। धेरै यस्ता लाइभ गर्नेकै आधारमा त्यो गोप्यता र त्यस छद्म परिचय नै उनीहरूको लोकप्रियताको आधार हो।

एक प्रतिवेदनका अनुसार यस प्रचलनको सुरुवात सन् २०१६ मा जापानमा भएको थियो। एक भिट्युवरले आफ्नो परिचय लुकाएर नै यो सबै गरेका थिए। किजुना अललाई पहिलो भिट्युबर पनि भन्ने गरिन्छ। त्यसपछि नै यस्ता धेरै भि ट्युबरहरु सक्रिय भएका छन्। धेरै भिट्युत्ररको त लाखौँ फलोअर छन्।

यी नै मध्यका एक भेनु जी जोशी पनि हुन्। उनी भारतीय भि ट्युवर टेयालेन्ट एजेन्सी प्रोजेक्ट स्कारस्पेसका संस्थापक हुन्। कोभिड १९ महामारीपछि यो प्रचलन भारतमा अत्यधिक लोकप्रिय छ। उनी यसैका एक पात्रको रूपमा अहिले त्यत्तिकै लोकप्रिय छन्। भि अवतारको रूपमा चिनिएका जोकनीक्सकै अनुसार अहिले भारतमा ९० भन्दा बढी भि ट्युवर छन्।

उनी भि टयुवको लिस्टलाई ट्विटरमा उल्लेख गर्ने काम पनि गर्छन्। उनले त्यसैबाट आम समुदायलाई चाटका व्यवस्था पनि गर्ने गरेका छन्। भारतमा यी भिट्युवरको यो लोकप्रियता मूलधारको सञ्चार माध्यम भित्रको लोकप्रियतामा कहिले परिणत हुने भन्ने अझै अनिश्चित छ। यसको उद्देश्यका बारे केहीसँग सञ्चार माध्यमका धेरै व्यक्तिले गफ पनि गरेका छन्।

भिट्वर सुजुकी जुरिकोका लागि यसरी आफ्नो परिचय गोप्य राखेर भिट्युव अगाडि बढाउनुको उद्देश्य सुरक्षाको प्रत्याभूति हो। ‘आफूलाई असुरक्षित महसुस नगराई कन सबै कुरा अगाडी बढाउनु यसको उद्देश्य हो,’ उनले भनिन्, ‘मेरो बारेमा मानिसले अनेक प्रतिक्रिया जनाउने यौनिक कमेन्ट गर्नुमा कुनै सरोकार छैन।’

भर्चुअल साकुराका लागि यो एउटा राम्रो प्लेटफर्म हो। यिनीहरूको अवतारको महत्त्वपूर्ण पृष्ठभूमि हुनसक्छ। भर्चुअल साकुरालाई चुम्बकीय शक्ति सहितको दुई सय वर्ष उमेरको महिलाको रूपमा प्रस्तुत गरिएको छ। ‘यस्ता परिचयसहित बाहिर आउँदा साँच्चै रमाइलो महसुस हुन्छ’, दिल्लीकी ती महिलाको कथन छ।

यस्ता क्रिएटरले आफ्नो अवतारलाई मोडलको रूपमा डिजाइन गरेका हुन्छन्। यस मोडललाई टु डी या थ्री डी भर्सनमा डिजाइन गरिएको हुन्छ। मोडल जापानी जनावर खालको डिजाइनर पनि हुन्छन्। केही चाहिँ दैवी झझल्को दिने खालका मोडल हुने गरेका छन्। केही एपहरू त्यो डिजाइन तयार गर्नका लागि प्रयोग हुन्छन्। त्यसपछि नै अनुहार र शरीर ट्याक गर्ने सफ्टवेयर मार्फत यसलाई तयार गरिन्छ।

भि ट्युवर इमोले एउटा अवतार खडा गरेका छन्। जुन आधा बिरालो र आधा मानिस जस्तो देखिने गरेको छ। उनले १० यस्तै खालको डिजाइन गरेका छन्। ‘मैले गएको दुई वर्षमा यस्तै खालको मोडल र डिजाइन तयार पारेर अन्दाजी २ हजार डलर भन्दा बढी कमाएको छु।’ जाक्वी निक्ससँग सम्बन्धित एक व्यक्ति यस्ता डिजिटल अवतारले आफ्नै आवाज बोलेको बताउँछन्। यसरी धेरै सिर्जना गर्नेहरूले सफ्टवेयरमा आफ्नै भाषा प्रयोग गरेका छन्। जाक्वीनीक्सले प्राय गीत गाए जस्तो आवाज निकाल्ने गरेका छन्। धेरै वार्तालाप त्यहाँ जापानी भाषामा हुने गरेका छन्।

यस्ता मोडलको सिर्जना गर्नेहरू आफूलाई लजालु र मौन व्यक्तिको रूपमा प्रस्तुत गर्छन्। तर, जाक्वीनेक्स भने फरक खालको छन्। उनी यस क्षेत्रमा लागे देखि नै धेरै साथी बनाउन इच्छुक थिए।

जापानी भि ट्युबरहरु लोकप्रिय रहेपछि यिनीहरूको लाखौँ फलोअर भएका हुन्। भारतीय भिट्वहरुको भने यसै किसिमको सफलता अझै हात लागेको छैन।

जापानमा रहेको लोकप्रिय भिट्युवर एजेन्सी नीसीसान्जीले सन् २०१९ मा आफ्नो शाखा स्थापना गरेको थियो। त्यसै समयमा यस अन्तरतमा तीन यु ट्युवर स्थापना भएका थिए। यसै मध्यको नुरका ६० हजार सब्सक्राइबर छन्। यसको मार्केटिङमा असफल भएको धेरैको मत छ।

धेरै भारतीय भी ट्युवरले युट्यवबाट आफ्नो काम सुरु गरेका थिए। अहिले यी सबै ट्वीच लगायतका प्लेटफर्मबाट आफूलाई सक्रिय राखेका छन्। यिनीहरूको भिडियो युट्वमा मुस्किलले १ हजार जनाले हेर्ने गरेका छन्। तथापि यिनीहरूले आफ्नो काम स्वतन्त्र ढङ्गले गर्ने गरेका छन्। तिनीहरू अहिले विस्तारै आफ्नो प्रभाव बढाउँदै छन्।

प्रोजेक्ट स्टार स्पेसले अहिले नयाँ दुई कार्यक्रम लन्च गरेको छ। त्यसले यसमा आबद्ध हुन चाहनेलाई सर्टलिस्ट गर्दै युट्युब च्यानलमा आबद्ध गरेको छ। ‘यसका लागि हामीले २ सय ६० आवेदन प्राप्त गरेका छौ’, जोशीले भने। यस कम्पनीका सबै भि ट्युवर महिला छन्। उनले पुरुषका लागि मात्र पनि भ्युट्युव प्लेट फर्म तयार गर्ने सोच राखेका छन्।

जोशीको विचारमा यस्ता गेममा पुरुष फलोअर धेरै भएका कारण उनले अहिले जापानी लगानीकर्ताबाट आशा राखेको छ। जोशीको स्वामित्वमा रहेको कम्पनीबाटै जुसी अगासुराले पोस्ट गरेको एउटा भिडियो ५२ हजारले हेरेका छन्। ‘ आफ्नो मेहनत र प्रतिबद्धता अनुसार हामीले राम्रोसँग पैसा कमाउन सक्छौ। फ्यानहरू बढ्दै जाँदा धेरै पैसा कमाउन सकिन्छ,’ यस प्लेटफर्म तयार गर्ने एक डिजाइनरले भनेकी हुन्। गत वर्ष २५ वर्षीय यसको डिजाइनर तथा भि ट्युबर मेओ क्याटम्याक्सले भर्चुलीजमको स्थापना गरेका थिए। यस प्लेटफर्मले नयाँ आउने भि ट्युवरका लागि नयाँ बाटो तय गरेको छ। ‘हामी राम्रो समाचार गेम र अन्य कलाहरू पनि त्यसै प्लेटफर्ममा राख्ने छौं’, उहाँले भन्नुभयो।

भारतका भार्स नामका अर्का त्यत्तिकै उत्साही युवा छन्। उनले रेडिक्टमा भिट्युब समुदायका लागि पेज बनाउने काम गर्छन्। उनी भारतका यो अभियानले स्थापित हुन अझ धेरै बाँकी रहेको बताउँछन्। उनको विचारमा आफ्नो सौखका लागि बाच्ने प्रचलनको अझै सुरुवात भएको छैन। तर, उनी आफ्नो बढ्दै गएको फ्यानका कारण उत्साहित छन्। उनी पनि आफ्नो फलोअर देखेर त्यत्तिकै उत्साहित भएका हुन्।

भारतका नाम चलको अन्य धेरै भिट्युबर छन्। मेओ क्याटम्याक्स, नाइटकोर इन्डिया, अदाया, नेकोगामी र बिहान त्यत्तिकै नाम चलेका भिट्युवर हुन्। २१ औं शताब्दीको युट प्रविधिको युग हो। गुगलले आफ्नो उत्पादनलाई परिष्कृत बनाउँदै जाने क्रममा युट्युबलाई स्थापित गरेपछि दृश्य प्रविधिमा एउटा महत्त्वपूर्ण क्रान्ति नै भएको थियो।

पछिल्लो ससमय मोबाइल एपमा भएको ठूलो फड्को सँगै भिट्युवको पनि प्रचलन बढेको छ। यसैले धेरै पहिचान लुकाइएका तर लाके प्रिय भएका व्यक्ति भारतमा पनि देखिन थालेका छन्। स्रोत : बीबीसी, रेडिक्ट